अर्थमन्त्री विष्णु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकूल नीतिहरू लिएर अघि बढेको बताएका छन्। 
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘टेक एन्ड पे’को विषय धेरै चर्चामा रहेपनि फिर्ता लिएर राम्रो निर्णय गरेको धारणा राखे। 
उनले भने,‘बजेटमा टेक एन्ड पेको विषय धेरै चर्चामा रह्यो। समाचारको विषय बन्यो। क्रिया प्रतिक्रियाको विषय बन्यो। त्यो फिर्ता लिइसकेको छौँ। नेपालमा जलस्रोतको फराकिलो सम्भावना छ। त्यो सम्भावनालाई अधिकतम सदुपयोग गरेर जलविद्युतको विकासका निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि पक्कै पनि अनुकूल नीतिहरू लिएर अघि बढ्ने छौँ। उत्पादन गरेको विद्युत् कहाँ कसरी खपत हुन्छ भन्ने कुरामा लाग्नुपर्ने आवश्यक छ।’ 
त्यस्तै उनले विद्युतको खपत बढाउनका लागि इभीको करलाई स्थिर राखिएको बताए।
उनले भेन,‘विद्युतीय सवारीको सन्दर्भमा एउटा कोच तयार गरेको छौँ। करका नीति र करका दरमा स्थिर नीति लिएको छौँ। विश्सनिय प्रवर्द्धनको पक्षमा छौँ भन्ने हिसाबले अहिलेको बजेट प्रस्तुत भएको छ। यसले उत्साहित नै गरेको छ,’उनले भने
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति आउनुपर्ने भन्दै बजेट र मौद्रिक नीतिमाको समन्वय भएरै आउने विश्वास व्यक्त गरे। 
उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए। 
निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई।