ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले छतबाट हाम फालेर आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२२ घर भई प्लस टुमा अध्ययनरत १८ वर्षीय आर्यन सिंह रहेका छन्।
उनले सोमबार बिहान कलेज भवनको छतबाट हाम फालेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुमेरू सिटी अस्पताल लगिए पनि दिउँसो चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले जानकारी दिए।
‘यो हिजोको घटना हो। उनलाई तत्काल अस्पताल लगेर उपचार गरिएको थियो। बेलुकीपख चिकित्सकले मृत घोषणा गरेको जानकारी आएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी कार्कीले भने।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।




















