श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका छन्।
बुधवार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे। सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै अध्यक्ष साम्पाङले सुकुम्वासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन्।
यसबाहेक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गरे।




















