राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुन लाग्दा महाधिवेशनस्थल जलमग्न र हिलाम्ये बनेको छ।
चितवनको औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गरिएको महाधिवेशनको मुख्य क्षेत्र नै वर्षाका कारण पानीले भरिएपछि व्यवस्थापनमा सास्ती भएको छ।
अधिवेशनस्थलमा पानी जमेर अशान्त बनेपछि आयोजकले मोटरको सहायताले पानी तान्ने प्रयास गरिरहेका छन्। पानी परिरहेकाले भुइँ हिलाम्ये हुनुका साथै प्रतिनिधि तथा सर्वसाधारणलाई आवतजावतमा समेत समस्या उत्पन्न भएको छ। उद्घाटन सत्रको समय नजिकिँदै गर्दा प्राविधिक तथा स्वयम्सेवकहरू मैदानमा जमेको पानी फाल्न र हिलो व्यवस्थापन गर्न व्यस्त देखिएका छन्।




















