गृहमन्त्री सुधन गुरुङको सचिवालयले आक्रमणबारेको हल्ला निराधार भएको बताएको छ।
उनको सचिवालयले गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको बताएको छ।
यसअघि गृहमन्त्री गुरुङमाथि नै आक्रमण भएको सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो। सचिवालयले यस्ता समाचारको विश्वास नगर्न अनुरोध पनि गरेको छ।




















