विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र व्यवहार देखाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १२ः३० बजेको समयमा घाटमा केही व्यक्तिहरू भेला भई हो–हल्ला गरिरहेको र तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मोरङका सुरेन्द्र मणि मण्डल, सुनसरीका कैलाश ढुङ्गाना, भोजपुरका मनिष काफ्ले र मोरङका छविलाल घिमिरे रहेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।




















