नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।
पौडेलपत्नीले दायर गरेको रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको दाबीसहित थुनामुक्तिको माग गरिएको छ। बिनाप्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न माग गरिएको छ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। उनलाई विशेष अदालतबाट मंगलबार सात दिनको थुना म्याद थप भएको थियो। उक्त रिटमा बिहीबार सुनुवाइको पेसी तय भएको छ।




















