प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा नेपाल र एडीबीबीचको विकास साझेदारी, पूर्वाधार विकास, आर्थिक सहयोग तथा आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
एडीबी अध्यक्ष कान्डाले नेपालमा दिगो विकास, पूर्वाधार निर्माण, ऊर्जा, शहरी विकास तथा अन्य प्राथमिकताका क्षेत्रमा एडीबीको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।




















