नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेसँगै एरेनाले जिम्मेवारीबाट हट्ने निर्णय लिएका हुन्। एरेनाले सामाजिक सञ्जालमार्फत आफसी समझदारीमै टोली छाडेको बताएका छन्।
एन्फाले गत फागुनमा एरेनालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। एक वर्षको सम्झौता भए पनि एरेना चार महिनामै टोलीबाट बाहिरएका हुन्।
एरेनाले म्याट रसको स्थान लिएका थिए। उनको प्रशिक्षणमा नेपालले मात्र एक खेल खेल्यो।
नेपालले गत चैतमा एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओससँग १–० को हार व्यहोरेको थियो।




















