नेपाली कम्युनिस्ट पार्टीले संसद्प्रति प्रधानमन्त्री बालेन शाहलाई उत्तरदायी बनाउने बनाउने सन्दर्भमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका खोजेको छ।

बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले यस्तो आग्रह गरेका हुन्।

सीमा विवादबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने उनको आग्रह छ। यो विषयमा निरन्तर संसद्मा कुरा उठ्दा समेत प्रधानमन्त्री बालेन जवाफका लागि तयार नभएको भन्दै उनले यसमा सत्तारुढ दलको भूमिका खोजेका हुन्।

‘म राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र सांसदहरूसँग अनुरोध गर्न चाहन्छु। आफ्नो दलको नेतालाई संसद् र संविधानप्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको पनि हो,’ उनले भने।

‘हामी रास्वपाबाट गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह भएको हेर्न चाहन्छौं’ नेकपा सांसद तामाङले भने, ‘रास्वपा जसले उहाँलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउनुभयो। अब रास्वपाले हस्तक्षेप गर्ने दिन आएको छ।’

‘यो संसद्को गरिमा र मर्यादालाई, यसको सर्वोच्चतालाई गरिमामय बनाउने जिम्मेवारी सभामुखज्यूको हो। यसो भएको हुनाले रुलिङ गरेर भोलि देखि यो कुरा दोहोर्याउन नपर्ने वातावरण बनाउनुपर्छ’ तामाङको आग्रह छ।

संसद् नआएर प्रधानमन्त्री कहाँ जान्छन् भन्ने पनि उनको प्रश्न छ। अगाडि भन्छन्, ‘प्रधानमन्त्रीको संसद भन्दा अर्को कुन ठाउँ छ बास बस्ने रु त्यो त अर्को ठाउँ छैन। त्यसकारण प्रधानमन्त्री यो संसद् आउनुपर्छ। आफ्नो कुरालाई सच्याउनुपर्छ।’