अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुम्बासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर र बोडेमा सारिएको छ।
कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो। शनिबार र आइतबार गरेर उनीहरूलाई सारिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार बाढीले दु:ख दिएपछि कीर्तिपुरस्थित राधास्वामी होलिङ सेन्टरका सुम्कुम्बासीलाई खरिपाटी र बोडे सारिएको हो।
सरकारले लामो समय बित्दा पनि सुकुम्बासीलाई व्यवस्थित गर्न सकेको छैन।




















