मोरङमा डिजे बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना जारी गर्दै डिजेको प्रयोग नगर्न भनेको हो।
“जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको छ,” प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।
प्रशासनको सूचनाविपरीत कसैले यसको प्रयोग गरे, गराएको पाइएमा कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जनाएका छन्।




















