प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्। 

उनले केही बेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए। प्रधामन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री शाहले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए। 

सचिवालयका अनुसार प्रधानमन्त्री शाहले अब केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदैछन्। 

यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने सचिवालयले जनाएको छ।