दयालु लोलिमः ११ विपन्न् परिवारको स्वास्थ्य विमाको सारथी बने
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

उर्लाबारी । मोरङको उर्लाबारी-९ निवासी लोलिम पोमूले सोही वडाका ११ विपन्न् परिवारको स्वास्थ्य विमा गराईदिएका छन् ।

उर्लाबारीमा राजनीति र समाजसेवामा लगाव राख्दै आएका पोमु आफूलाई सामाजिक सेवामा समर्पित गराउँदै आएको एउटा नाम हो ।

अरनिको हस्पिटल उर्लाबारीका अध्यक्ष पोमू कसैले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर पहिलेदेखि नै गरिब, विपन्नको निःशुल्क उपचार गराउँदै आएका छन् । यसैक्रममा शनिबार उनले उर्लाबारी-९ का ११ परिवारको स्वास्थ्य बिमा गराइदिएका छन् । 

करिब ५० हजार रुपैयाँ तिरिदिएर उनले ती गरिब तथा विपन्न परिवारको घरघरमै पुगेर स्वास्थ्य विमा गराइदिएका हुन् ।

पैसा अभावकै कारण कसैले पनि उपचारबाट बन्चित हुनु नपरोस् भनेर ११ परिवारको बिमा गरिदिएको बताउँदै उनले भने, ‘क्रमशः अरु विपन्न परिवारको पनि बिमा गरिदिनेछु ।’ उनले यसअघि १३ परिवारको बिमा गराइदिएका थिए । जम्मा २४ परिवारले बिमावापत २४ लाख बराबरको स्वास्थ्य सेवा प्राप्त गर्ने उनले बताए ।

नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ (क) का उपसभापति समेत रहेका युवा नेता लोलिम लामो समयदेखि सामाजिक सेवामा सक्रिय छन् । उनले आर्थिक अभावका कारण उपचार नपाएका सयौं बिरामीको अरनिको अस्पतालमा निःशुल्क उपचार गराइदिएका छन् ।

    २१ फागुनको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने २१ फागुनको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने

    २१ फागुनको प्रतिनिधिसभा सदस्यको चुनावका लागि मतपेटिका र मसी किन्नु नपर्ने भएको छ।निर्वाचन ...

    सुन्दरहरैंचामा दोस्रो उप–मेयर कप अन्तर–पालिका महिला भलिबल हुने, प्रथम पुरस्कार १ लाख २५ हजार सुन्दरहरैंचामा दोस्रो उप–मेयर कप अन्तर–पालिका महिला भलिबल हुने, प्रथम पुरस्कार १ लाख २५ हजार

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा आगामी पुष १७ गतेदेखि ‘दोस्रो उप–मेयर कप अन्तर–पालिका ...

    दमकको हिरासतबाट फरार थुनुवा साढे तीन महिनापछि पक्राउ दमकको हिरासतबाट फरार थुनुवा साढे तीन महिनापछि पक्राउ

    इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार भएका एक थुनुवालाई प्रहरीले साढे तीन महिनाप ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज