पथरी बहुमुखी निर्वाचनः क्यामपसका लागि आसलाग्दो नेतृत्व
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

पथरी । पथरीशनिश्चरे नगरपालिकाकै गहनाका रुपमा रहेको मोरङको पथरीशनिश्चरे १ को पथरी बहुमुखी क्याम्पसलाई यतिबेला नेतृत्व चयनका लागि चुनावी चटारोले छपक्कै छोपेको छ ।

सयौं विध्यार्थीको उज्यालो भविष्यको लेखाजोखा गर्ने पालिकाकै शैक्षिक धरोहरका यतिवेला २ ठुला राजैनिक पार्टी र अन्यसाना पार्टी मिली चुनावी मैदानमा उम्मेद्वारहरु होमिएका छन् ।

हुनत शैक्षिक सस्थामा राजनैतिक छविभएका व्यक्तिहरु नेतृत्वमा आउनु भन्दा पनि कुनै विषयमा विज्ञताहासील गरेका व्यक्तिहरु नेतृत्वमा आउनु नै अतिउक्ती मानिन्छ । 

तर यस पटकको चुनावमा होमिएका गठबन्धनतर्फका उम्मेद्वार सामाजिकरुपमा निखारिएका, व्याबहारिक खारीयका र शैक्षिक महत्व राम्रोसग बुझेका व्यक्तिहरु भएको स्थानिय विध्यर्थीका अभिभावक, क्याम्पसका पुर्ववत समयमा नेतृत्व लिइसकेका व्याक्तिहरुले टिप्पणी गरेका छन् ।

स्थानिय क्षेत्रको विकासका लागि सदैव स्थानिय क्षेत्रलाई राम्रोसग बुझेका व्याक्तिहरुको नै आवश्यता पर्ने कुरालाई सो क्षेत्रका स्थानियहरुले राम्रो सग बुझेको भएकाले नै उनिहरुले स्थानिय चिया पसल, चौतारा र जमातको विचमा वकलात गर्न थालेका हुन् ।

बोलीबचनका पक्का छवि बनाएका स्थानिय २ नेतालाई गठबन्धनले उम्मेद्वार बनाएको छ भने गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकाहरुले पनि आफुहरुले काम नगरे घरैमा आएर घोक्रेठ्याक लगाउन चुनौतीपुणर् अभिव्यक्तिका साथमा चुनावी मैदानमा उत्रिएका छन् । 

यता नेकपा एमालेका तर्फबाट कहिले काही पथरीमा आक्कलझुक्कल झुल्कीने पथरीशनिश्चरेका पाहुना नेता रामकुमार बस्नेतलाई उम्मेद्वार उठाएको छ ।

गठबन्धनका तर्फबाट  अध्यक्षमा दिपक बस्नेत र उपाध्यक्षमा माधव प्रसाद कोइराला लाई उठाएको छ ।

उनिहरुले सयुक्त रुपमा प्रण गर्दै भनेका छन्- ‘हामीहरु सदैव पथरीमा नै रहने छौँ, काम गरेनौँ भने घरमा आएर घोक्रेठ्याक लगाउनुस ।’ ५ वर्ष भित्रमा गुणस्तरीय, प्रविधि मैत्री, क्यु.ए.ए. सम्बन्धन प्राप्त, यातायात मैत्री क्याम्पस बनाउने गठबन्धनको प्रतिवद्धता छ ।

क्याम्पस स्थापना कालदेखि एमाले निकटहरुले नेतृत्व गरिरहेका छन् । क्याम्पसमा समयमा तलब नपाउने, यातायातको असुविधा, शैक्षिक गुस्तर कम हुनु, क्याम्पस प्रमुख नै दुवैतिर स्थाइ रहनु लगायतका थुप्रै समस्याहरु रहेका छन् । 

क्याम्पस बिरामी भएको र अब निर्वाचन जितेपछि के कस्तो बिरामी रहेछ चेकजाँच गरेर उपचार गर्ने गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार दिपक बस्नेतले बताए ।

भोली २८ गते हुने निर्वाचनका लागि मुख्य गरि ४ दलले संयुक्त उम्मेद्वार अगाडी सारेका छन् । एकीकृत समाजवादी पार्टीका तर्फबाट दिपक बस्नेत अध्यक्ष पदमा रहेका छन् । 

उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट माधव कोइराला रहेका छन् । नेकापा माओवादी केन्द्र र जनता समाजवादीलाई सदस्य पदमा वढि कोटा दिइने सहमती भएको गठबन्धनले जनाएको छ ।

मुख्य गरि ४ वटा दल गठबन्धनमा देखिए पनि नेकपा एमाले बाहेक सबै दलले गठबन्धनलाई साथ दिएको र गठबन्धन भित्रै रहेको नेकपा माओवादी केन्द्रका पथरीशनिश्चरे नगर इन्चार्ज दिननाथ तिम्सिनाले जानकारी दिए ।

    मङ्सिर १९ देखि विराटनगरमा PABSON SPORTS MEET–२०८२, ३ हजारभन्दा बढी खेलाडीको सहभागिता मङ्सिर १९ देखि विराटनगरमा PABSON SPORTS MEET–२०८२, ३ हजारभन्दा बढी खेलाडीको सहभागिता

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मङ्सिर १९ गतेद ...

    बेलबारीका केही विद्यालय मात्र अनुकूल, सुधारका लागि शिक्षक–प्रशासनको मानसिकता बदलिनुपर्ने : नगर प्रमुख राई बेलबारीका केही विद्यालय मात्र अनुकूल, सुधारका लागि शिक्षक–प्रशासनको मानसिकता बदलिनुपर्ने : नगर प्रमुख राई

    बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले नगरका ३१ विद्यालयमध्ये केही विद्यालय मात्र ...

    “सूचना–प्रविधिमै आधारित शिक्षा बिना बेरोजगारी हट्दैन” — बुद्ध एयर अध्यक्ष बस्नेत “सूचना–प्रविधिमै आधारित शिक्षा बिना बेरोजगारी हट्दैन” — बुद्ध एयर अध्यक्ष बस्नेत

    नेपालमा बेरोजगारी र अर्ध–बेरोजगारी आजको सबैभन्दा गम्भीर राष्ट्रिय समस्या भएको उल्लेख गर्दै ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज