उर्लाबारीका ८ वटा सामुदायिक विध्यालयमा शैक्षिक सुधारको योजना पर्‍यो
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका ८ वटा सामुदायिक विध्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका २ वटा योजना परेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत स्थानियतहका विध्यालयहरुको भौतिक र शैक्षिक अवस्थाको सुधार र गुणस्तर बृद्धिका लागि माग भएका विध्यालयहरु मध्येबाट मोरङको उर्लाबारीका ८ वटा विध्यालयहरु पर्न सफल भएका छन् ।

कार्यक्रमले विध्यालयको भौतिक विकास र शिक्षण सिकाईमा प्रविधिको प्रयोगका बारेमा गुणस्तर अभिबृद्धि गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

भौतिक विकासको योजना पर्ने विध्यालयहरुमा लक्ष्मी मावि उर्लाबारी-८ मा ४ कोठे भवन निर्माणका लागि ३६ लाख यस्तै सार्वजनिक मावि उर्लाबारी-९ को २ कोठे भवन निर्माणका लागि १८ लाख, शारदा मावि उर्लाबारी-१ को ४ कोठे भवन निर्माणका लागि ३६ लाख र शान्ति आधारभुत विध्यालय उर्लाबारी-२ को ४ कोठे भवन निर्माणका लागि ३६ लाख रुपैया गरी भवन निर्माणमा १ करोड २६ लाख र विध्यालयको शिक्षण शिकाईमा प्रविधिको प्रयोगमा २६ लाख गरी कुल १ करोड ५२ लाख बराबरको योजना परेको छ ।

शिक्षण शिकाईमा प्रविधिको प्रयोगमा योजना पर्ने विध्यालयहरुमा उर्लाबारी-४ को सृजना आधारभुत विध्यालय, उर्लाबारी-१ को नुनसरी आधारभुत विध्यालय, उर्लाबारी-२ को सरस्वती मावि र उर्लाबारी-३ को दुर्गामाविमा ६ लाख ५० हजारका दरले २६ लाख बराबरको योजना परेको नगरपालिकाले जनाएको छ ।

गत पुष महिनामा उर्लाबारी नगरपालिका भरिका विध्यालयहरु मध्येबाट छनौट भएका १२ विध्यालयलाई नगरपालिकाले कार्यक्रममा समावेश गराउन पठाएको थियो त्यसमध्ये हाल पालिकाका ८ वटा विध्लयालयमा योजना पर्न सफल भएको नगर प्रमुख खड्ग फागोले बताए । साथै उनले कार्यक्रमले उर्लाबारीका विध्यालयहरुको भौतिक अवस्थामा सुधार आउनुका साथै शैक्षिक गुणस्तरमा  समेत सुधार पुग्ने अपेक्षा रहेको बताए ।

    

    मङ्सिर १९ देखि विराटनगरमा PABSON SPORTS MEET–२०८२, ३ हजारभन्दा बढी खेलाडीको सहभागिता मङ्सिर १९ देखि विराटनगरमा PABSON SPORTS MEET–२०८२, ३ हजारभन्दा बढी खेलाडीको सहभागिता

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मङ्सिर १९ गतेद ...

    बेलबारीका केही विद्यालय मात्र अनुकूल, सुधारका लागि शिक्षक–प्रशासनको मानसिकता बदलिनुपर्ने : नगर प्रमुख राई बेलबारीका केही विद्यालय मात्र अनुकूल, सुधारका लागि शिक्षक–प्रशासनको मानसिकता बदलिनुपर्ने : नगर प्रमुख राई

    बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले नगरका ३१ विद्यालयमध्ये केही विद्यालय मात्र ...

    “सूचना–प्रविधिमै आधारित शिक्षा बिना बेरोजगारी हट्दैन” — बुद्ध एयर अध्यक्ष बस्नेत “सूचना–प्रविधिमै आधारित शिक्षा बिना बेरोजगारी हट्दैन” — बुद्ध एयर अध्यक्ष बस्नेत

    नेपालमा बेरोजगारी र अर्ध–बेरोजगारी आजको सबैभन्दा गम्भीर राष्ट्रिय समस्या भएको उल्लेख गर्दै ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज