X
पथरीमा अन्तर्राष्ट्रिय स्कुल अवार्ड पाउने पहिलो विद्यालय बन्यो रेडस्टार मावि
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

पथरी । मोरङको पथरीशनिश्चरे-२ शान्तिचौकमा रहेको रेडस्टार माविले पथरीमै पहिलो पटक अन्तराष्ट्रि स्कुल अवार्ड प्राप्त  गर्न सफल भएको छ ।

ब्रिटिश काउन्सिलले शिक्षा जीवन उपभयोगी, विश्वव्यापीकरण हुनुपर्ने र कितावबाट मात्र नभएर परियोजना मूलक सिकाइ हुनुपर्ने मान्यता राखेर बार्षिक रुपमा विश्वको बिभिन्न विद्यालयहरुलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गर्दछ ।

काउन्सिलले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षा विभाग समेतको सहभागिता अवार्ड प्रदान गर्दछ । यो वर्ष मोरङको पथरीशनिश्चरेको रेडस्टार बोर्डिङ स्कुलले आईएसए (इन्टरनेशनल स्कुल अवार्ड) प्राप्त गरेको हो ।

सन् २०२१ को अवार्ड काउन्सिलले मंगलबार (पुस ११) गते घोषणा गरेको हो पथरीको रेडस्टार बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको बिषयमा बिहिबार पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराएइएको थियो । ब्रिटिश काउन्सिलले बर्षेनी अवार्डको प्रकृयाको लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आव्हान गर्दछ । 

परेको आवेदन मध्ये विद्यालय नाम सर्टलिष्टमा निकाल्छ । त्यसपछि काउन्सिलको निगरानीमा आफूले प्रस्ताव गरेको परियोजनाहरु पठाउनु वा दिनुपर्ने हुन्छ ।

रेडस्टारले जैविक विविधताबारे ‘नेपालको चारकोषे झाडीलाई नजिकबाट नियाल्दा’, महिला शसक्तिकरण, फरक क्षमता भएको मानिस (अपाङ्गता), तरल मेशिनको जीवन हो, किरात राई समुदायको साकेला नृत्य, प्लाष्टिकको समान प्रयोगको प्रभाव र यसको बिकल्प, मन्टेश्वरी शिक्षाको व्यबस्थापन र कोरियन भाषा गरी आठ वटा बिषयमा परियोजना पेस गरेको विद्यालयको प्रबन्ध निर्देशक तथा प्रधानाध्यापक टेकनाथ तिम्सिनाले बताए । 

रेडस्टारले पथरीशनिश्चरेकै बुद्ध मावि, भारत, पाकिस्तान र बेलायतका विद्यालयहरुसँग सहकार्य गरेको शिक्षक तथा सञ्चालक राजु तिम्सिनाले बताए । यसरी सहकार्य गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई परियोजनासँग सम्बन्धित बिषय ब्रिफिङ हुने गर्दछ । जसले विश्वको बिभिन्न मुलुकमा रहेका विद्यार्थीहरुवीच कनेक्टिङ क्लासरुमको माध्यमबाट शिक्षा आदान प्रदानहुने राजु तिम्सिनाले बताए । 

परियोजनाको क्रममा भारत केरलामा केराको पातबाट प्रयोग गर्न मिल्ने सामाग्री बन्ने गरेको विद्यार्थी र आफूहरुलाई जानकारी भएको तिम्सिनाले अनुभव सुनाए । 

आफूहरुले चारकोषे झाडीमा पाइने विरुवा, वन्यजन्तु, प्लाष्टिकको सामाग्री विस्थापित गरेर सालको पातको दुनाटपरी प्रयोग गर्न सकिने, किरात राई समुदायको साकेला नृत्यको बारेमा त्यहाँको शिक्षक र विद्यार्थीहरुलाई शेयरिङ गरेको बतउनुभयो ।

ब्रिटिश काउन्सिलले सहज परिस्थितिहुँदा भौतिक रुपमै शिक्षा, आदान प्रदानको वातारण गराउने भएपनि कोभिडको कारण भर्चुअल र वृस्तित डाटाहरु मार्फत् परियोजना सम्पन्न गरेको प्रधानाध्यापक टेकनाथ तिम्सिना (टि.एन.)ले बताउनुभयो ।

रेडस्टार स्कुल सञ्चालक समिति सदस्य बिजय डाँडीले आईएसए प्राप्तहुँदा विद्यालयलाई मात्र नभएर पथरीशनिश्चरे नगरकै खुसी र इन्जत बढेको बताउनुभयो । सन् २०२१ मा देशभरको पाँच सय भन्दा बढी विद्यालयले दिएको अवेदनबाट ५३ को लिष्टमा रेडस्टार छानिएर परियोजना अघि बढाएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक बसन्त मादेन लगायतको उपस्थिति रहेको थियो ।

रेडस्टार बोर्डिङ स्कुलमा व्यवस्थापन संकायमा कक्षा १२ सम्म पढाई हुँदै आएको विद्यालयमा १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

    खेलकुदलाई पढाइसरह प्राथमिकता दिनुपर्नेमा जोड:टिकाराम ढकाल, प्याब्सन , केन्द्रीय उपाध्यक्ष खेलकुदलाई पढाइसरह प्राथमिकता दिनुपर्नेमा जोड:टिकाराम ढकाल, प्याब्सन , केन्द्रीय उपाध्यक्ष

    निजी तथा आवासीय विद्यालय संगठन नेपाल  (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालल ...

    शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन्। ...

    राष्ट्रिय निजी तथा आवश्यक विद्यार्थी विद्यालय सङ्गठन नेशनल प्याब्सन मोरङको एक दिने प्रतिभा पहिचान कार्यक्रम सम्पन्न राष्ट्रिय निजी तथा आवश्यक विद्यार्थी विद्यालय सङ्गठन नेशनल प्याब्सन मोरङको एक दिने प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

    नेशनल प्याब्सन मोरङले एक दिने प्रतिभा पहिचान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम गुर ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज