निवाचन आयोगले मतदान गर्न योग्यता भएका नागरिकका लागि मतदाता नामावली दर्ता खुलाउदै छ । स्थानिय तहका निर्वाचन घोषणा भएपछि दर्ता कार्यमा रोक लगाएको निर्वाचन आयोगले स्थानिय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरिएको हो ।
आयोगले २९ बैशाख २०७९ मा १८ वर्ष उमेर पुगेका नेपाली नागरीकलाई स्थानिय तहको निर्वाचनमा मतदान गर्न उपयुक्त मानेको थियो।
आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी नामावली दर्ता प्रकिया यही असार १ गतेबाट सुरु गर्ने भएको छ । आयोगले जिल्ला निर्वाचन कार्यलयबाट योग्यता पुगेका नागरिकले बसोबास गरिरहेको जिल्लाबाट मतदाता नामावलीमा नाम दर्ता गराउन तयारी भईरहेको छ र दर्ता गराउनका लागी आफ्नो नागरिकता लिएर जानुपर्ने छ । यसरी दर्ता गरिएको नामावलीलाई आयोगले आपmनो प्रणाली माफर्त सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेकै जिल्लामा पठाउने कुरा आयोगका सुचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए।
आयोगले कार्तिक अन्तिमदेखी मंसिर पहिलो साताभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरिरहेता पनि आयोगले सरकारबाट प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागी मिति तोकिएको छैन्। आयोगले कार्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी मिति तोकिएमा सम्भवत दुई देखी तिन साता खुल्ला रहन सक्दछ।




















