चन्द्र पौडेल बेलबारी । आउदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन गईरहेको नवौ“ राष्ट्यि खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरपालिकाले बिदाई गरेको छ ।

सोमबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेरे आफ्ना खेलाडीहरुलाई विधिवत रुपमा शुभकामना सहित जनही प्रति खेलाडीलाई १५ हजार प्रोत्साहन रकम दिदै अविर लगाएर नगरप्रमुख दिलप्रसाद राईले बिदाई गरेका हुन् । खेलाडीलाई हतास हुन नहुने भन्दै जहिले पनि मानसिक रुपमा तयार हुनु पर्नेमा जोड दिनु भयो । ‘खेल क्षेत्र मान्छेलाई जीउन सीकाउने शिक्षाको एउटा पाटो हो ।’ उनले भने नगरपालिकाले छिट्टै नै खेलकुद विकास समिति मार्फत सबै खेलहरुलाई एउटै छाताभित्र राखेर विकास गर्नेमा प्रष्ट पार्नु भयो । त्यसैगरी उपमेयर नितु थापाले  शुभकामना दिदै खेलाडी देशका गहना भएकाले नगर तथा देशलाई चिनाउन सधै रहने भएकाले थप खेलकुद बिकासका लागि आवश्यक भौतिक पुर्वाधार र उल्लेख गर्नुभयो । 

IMG_1127

बिदाई हुने खेलाडीहरुमा तेकवाण्डो तर्फ निष्टा राई, मन्जित राजवंशी, कुसुम राजवंशी, केरिसा आर्चाय कबड्डी तर्फ शान्ता तामाङ र कोमल श्रेष्ठ छन भने फुटबल तर्फ किशोर गिरी रहेका छन् ।

सोही अवसरमा खेलाडीलाई प्रोत्साहन स्वरुप स्थानीय हेमन्त सुवेदीले जनही ३ हजार सहयोग गर्दै खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए । 

IMG_1123

IMG_1122