विराटनगर २२ जेठ ।
कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले मिडियाहरुले सत्य तथ्य आधारमा रहेर समाचार सम्प्रेशण गर्नुपर्ने बताएका छन् ।
सोमबार विराटनगरमा नेपाल प्रदेश महासंघ कोशी प्रदेशले आयोजना गरेको प्रादेशिक मिडिया सम्मेलनमा बोल्दै मन्त्री कार्कीले नेपालमा मिडिया सचेत रहेको र नेपालमा भएका परिर्वतनकारी आन्दोलनमा अग्रिणीकारीन भूमिका निर्वाह गर्न सफल रहेको बताएका छन् । उनले पत्रकारीता क्षेत्र सचेत र इमान्दारी हुदा समाजलाई सकारात्मक दिशा तर्फ लैजाने बताए ।
मन्त्री कार्कीले समाचारका पृष्ठभुमिहरुलाई आफ्नो अनुकुल लाने भएकाले समाजमा भ्रम सृजना गर्ने भएकाले सत्य तथ्यमा आधारी समाचार सम्प्रशण गर्न आग्रह गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री कार्कीले पत्रकार सुद्धिकरण अभियानमा ध्यान दिनु पर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुको पेशागत सुरक्षा हुनु पर्नेमा जोड दिएका छन् उनले सरकाले संचार गृहहरुको सुरक्षा र संरक्षणको लागि राज्यले नीति बनाउनु पर्ने बताएका छन् । सो कार्यक्रममा प्रदेश कमिटी साथै कोशी प्रदेशका जिल्ला शाखाहरुबाट अध्यक्ष उपाध्यक्ष र सचिवहरुको सहभागिता रहेको थियो ।