विराटनगर २२ असार 

कोशी प्रदेश नेकपा एमालेले कोशी प्रदेशमा भएको सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्द्रै सर्वोच्च अदालतमा रिट लिएर गएको छ । 

प्रदेश सरकार गठनमा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली काँग्रेस संसदीयदलका नेता उद्धब थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै कार्र्कीको रिट बोकेर एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी सहितको टोली सर्बोच्चमा रिट लिएर गएको हो । कोशी प्रदेशमा कुनैपनि दलको बहुमत नपुग्ने भएकाले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्रीनियुक्त गर्ने परमादेश माग्दै कार्र्की सर्वोच्च पुगेका जनाइएको छ । 

संविधानको प्रक्रिया मिचेर सरकार बनाइएकोले सो असंवैधानिक कदमविरुद्ध सर्वोेच्चमा आइपुगेको एमालेका नेताहरुले बताएका छन् । कोशी प्रदेशमा नियुक्त मुख्यमन्त्री थापाले भने आफुसहित ३ सदस्य मन्त्रीसाथै सपथलिएर पद बहाली गरिसकेका छन् ।