विराटनगर २२ असार
मोरङको जहदा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाको क्षेत्राधिकारभित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा पूर्ण खोपको दिगोपनकालागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । खोपबाट दिर्ग रोगका साथै साधारण रोगबाट बच्ने भएका कारणले अनिवार्य वालवालिकालाई लगाउन सचेत नागरिकले सहयोग गर्नुपर्ने स्वास्थ्यशाखाप्रमुख राजकुमार दासले बताए।उनले आप्mनो छिमेकी र गाँउघरमा जन्मिएका बालबालिकाहरुलाई समयमै खोप लगाउनाले स्वस्थ्य र दिर्घ आयु हुने भएकाले सवै सचेत रहनआग्रह गरेका छन् ।
गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन , प्रमुख प्रशासकिय अधिकृत दुर्गा प्रसाद न्यौपाने, स्वास्थ्य शाखा प्रमुख राजकुमार दास गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य चौकीइन्चार्जहरू, सात वटै वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरू, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।



















