प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध हटाउनेबारे छलफल भइरहेको हो।
एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।संसदको अवरोध हटाउन सभामुख घिमिरेले पहल गरिरहेका छन्।
सोमबार पनि सिंहदरबार र नयाँ बानेश्वरमा सभामुखको कार्यकक्षमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो।


















