कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्य मन्त्रीको शपथ लिएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ले सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरेर शपथ गराएका हुन ।

सर्वोच्चले बिहीबार उद्धब थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत बदर गर्दै उनलाई मुख्यमन्त्रीबाट पदमुक्त गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्र्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिए अनुसनरनै कार्कीले मुख्य मन्त्रीको शपथ लिएका हुन । 

मुख्यमन्त्री नियुक्ति भएपछि कार्कीले अवको ३० दिनमा विश्वासको मत लिने जनाएका छन् । उनले  निर्वाचनमा जानु भन्दा सर्वदलिय सरकार बनाए जाने  बताए । 

मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार मन्त्रीमा झापाका एकराज कार्की  ,खानेपानी तथा सिचाइ मन्त्री ताप्लेजुङ्का तिलकुमार मेन्याङ्बो , बन वातावरण तथा पर्यटन मन्त्राी पाचकण पिके राइ, स्वास्थ्य राज्यमन्त्री  सृजना राइ,लाई पनि मन्त्री नियुक्त गरेका छन् । तर यस अघि सहकार्य गरेको राप्रपा भने सरकारमा सहभागि भएको छैन । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदिय दलका नेता भक्ति सिटौलाले कोशी प्रदेश सरकारलाई समर्थन गर्ने तर तत्काल सरकारमा नजाने बताए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी उपसभामुखसहित ४० सदस्य एमालेको रहेको छ । कार्कीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । कार्की लाई विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्दछ ।