विराटनगर, २६ मंसिर । 

अहिलेको आवश्यक्ता गुणस्थर शिक्षा भन्दै  कटहरी गाँउपालिकाले शिक्षाको गुणस्तर सुधार र संस्थागत सुदृढिकरणका लागि १० वटा विद्यालयहरुलाई करिब १० लाख रुपैया बराबरको कम्प्युटर वितरण गरेको छ ।

 मंगलबार कटहरी गाँउपालिका कार्यालयमा आयोजित एक कार्यक्रम बीच गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले विद्यालयका प्रधानाध्यापकहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् ।  कम्प्युटर वितरण गर्दै कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले विद्यालयहरुको संस्थागत सुधारका लागि कम्प्युटर वितरण गरिएको र विद्यालयहरुलाई विस्तारै साधन स्रोत सम्पन्न बनाई कम्प्युटर शिक्षा पनि प्रदान गरिने बताए । उनले अहिलेको युग कम्प्युटरको भएकाले सवै विद्यालयमा विस्तारै कम्युटार पुर्याउने बताए । 

Screenshot 2023-12-12 183040

कटहरी गाँउपालिकामा १९ वटा सामुदायिक विद्यालयहरु रहेकोमा ९ वटा विद्यालयमा कम्प्युटर सहितका पूर्वाधार रहेको भएपनि १० वटा विद्यालयमा कम्प्युटर नहुँदा हातैले चिठी लेखेर पठाउने गरेका थिए । आधारभूत र निम्न माध्यमिक विद्यालयहरुलाई कम्प्युटर वितरण गरिएको हो ।