Fatafat Nepal
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
आर्थिक चुनौतीका बीच मोफसलमा फुटबल एकेडेमी
alt
  • पुस १४, २०८० / फटाफट नेपाल

बेलबारी, १४ पुस

बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिनुहुन्छ । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई दैनिक बिहान प्रशिक्षक लिम्बूले फुटबलको तालिम गराई रहनुभएको छ ।

मोफसलमा बढ्दो फुटबल खेलप्रति बालबालिकाको आकर्षणलाई मध्यनजर गर्दै जिल्ला फुटबल सङ्घ मोरङले कात्तिक १२ गतेदेखि‘अण्डर १३ एन्फा मोरङ फुटबल एकेडेमी’सञ्चालनमा ल्याएको हो । जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब ३० किलोमिटर टाढा मोफसलमा एकेडेमी सञ्चालनमा आएको हो । पर्याप्त आर्थिक अभावको बीच मोरङमा आवाससहितको फुटबल एकेडेमी सञ्चालनमा ल्याइएको सङ्घका उपाध्यक्ष नारायण लिङ्थेपले बताउनुभयो । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा जिल्लाको खेलकुद विकासका लागि सङ्घले पहिलोपटक एकेडेमी सञ्चालनमा ल्याएको उहाँको भनाइ थियो । बेलबारी–८ राधानगरमा रहेको सिंहदेवी बोडिङ स्कुलको सहकार्यमा आवासको व्यवस्थासहित सञ्चालित एकेडेमी फुटबल खेलमा भविष्य खोज्नेको लागि आकर्षक गन्तव्य बनेको सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न पालिकाबाट करिब चार सय जना १३ वर्षमुनिका फुटबल प्रेमी विद्यार्थीबाट छनोट भएर आएका ३० जनालाई मोरङको बेलबारी–८ राधानगरस्थित खेल मैदानमा प्रशिक्षित गरिराखिएको छ । एसियाली फुटबल महासङ्घ सि लाइसेन्स कोचिङ कोर्ससमेत पास गरिसक्नुभएका प्रशिक्षक लिम्बूबाट आफ्नो छोरालाई प्रशिक्षित गराउने अवसर पाउँदा खुसी लागेको प्रशिक्षार्थी विजल श्रेष्ठका बुबा बाबुराम श्रेष्ठले बताउनुभयो । “देशकै नमूनाको रुपमा जिल्ला फुटबल सङ्घले सञ्चालन गरेको अण्डर १३ फुटबल एन्फा एकेडेमीलाई स्थायित्व दिलाउन केन्द्रबाट सहयोग जुटाउन लागीपरेका छौँ”,अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव वसन्त अर्यालले भन्नुभयो । उहाँका अनुसार फुटबल एकेडेमीका रुपमा अन्य ठाउमा पनि एकेडेमी सञ्चालन भए पनि आवाससहितको नेपालकै पहिलो मोरङको बेलबारीमा मात्र रहेको छ । मोरङको सफलतासँगै देशका विभिन्न जिल्लामा स्थानीय सरकारको सहयोगमा एकेडेमी सञ्चालन गर्ने योजना रहेको अर्यालले जानकारी दिनुभयो । “सुनसरीको धरानमा फिफा गोल प्रोजेक्टको योजनाअन्तर्गत ट्रेनिङ एकेडेमी सञ्चालचमा रहेको थियो”,उहाँले भन्नुभयो,“आर्थिक अभावका कारण हाल सञ्चालन हुन सकेको छैन ।”
सहायक महासचिव अर्यालले प्रदेश सरकारले सहयोग गरे आगामी शैक्षिक सत्रदेखि प्रदेशस्तरीय फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार धरानको एकेडेमीबाट उत्पादित धेरै खेलाडी राष्ट्रिय टिमसम्म पुग्न सफल हुनुभएको छ । अनिल ओझा,हेमन्त थापामगर,संजोग राई राष्ट्रिय टिममा सहभागी भइसक्नुभएको छ भने हिसुव थपलीया र गोल रक्षकका रुपमा अभिषेक बराल हाल सहभागी हुनुहुन्छ ।

“विसं २०७४ देखि गत वर्षसम्म सञ्चालित बेलबारी–८ मा रहेको एम्ब्रियो फुटबल एकेडेमीमा ५० विद्यार्थी थिए । केहीले १५ वर्ष मुनि ९अण्डर–१५० को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तर्राष्ट्रिय खेलसमेत खेल्ने मौका पाएका छन्”,सिंहदेवी बोर्डिङका सञ्चालक रविन थापाले भन्नुभयो,“फुटबल सङ्घले जिल्लामा एकेडेमी सञ्चालन गरेपछि हामीले सङ्घलाई नै सहयोग गरिरहेका छौँ ।”

सम्बन्धित समाचार
पौडी खेल्ने क्रममा डुबेर र चट्याङ लागेर २ जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर र चट्याङ लागेर २ जनाको मृत्यु

मोरङमा पौडी खेल्ने क्रममा डुबेर १ जना र भोजपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ।  ...

टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का

ऊर्जा मन्त्री दीपक खड्काले टेक एन्ड पे व्यवस्था संशोधन हुने जानकारी दिएका छन्। साना ज ...

कांग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन कांग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको मिति परिवर्तन भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्र ...

  • भर्खरै
  • लाेकप्रिय
पौडी खेल्ने क्रममा डुबेर र चट्याङ लागेर २ जनाको मृत्यु
टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का
कांग्रेस केन्द्रीय समिति बैठकको मिति परिवर्तन
द्वन्द्व बढ्दै गएपछि भूमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता
पोखरा महानगरको १७ औँ नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक
सरकारले निजी क्षेत्रका ऊर्जा उद्योगलाई आतङ्कित बनाउँदै छ : सभापति सिंह
भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको सङ्केत हो : सांसद नेपाली
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रङ्गशालाको निरीक्षण, असारभित्रै निर्माण सकिने आशा
धनुषामा ३ जना सवार मोटरसाइकल दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु
बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार
झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा माटोको समस्या
दुई समूहबीच झडप हुँदा मोरङका १ जनाको मृत्यु, ४ पक्राउ
सुन्दरहरैँचामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
दुर्घटनापछि थन्कियो इटहरीको विद्युतीय नगरबस
एसियन हाईवे निमार्ण अन्तर्गत मोरङको कानेपोखरीबाट रुख कटान सुरु
नोबेल अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागु हुने
सुत्केरी बोकेको गाडी भोजपुरमा दुर्घटना
Fatafat Nepal

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज

Fatafat Nepal
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2022 / 2025 / Fatafat Nepal Corner / All Rights Reserved.

Website By : Hash Tech Logic