विराटनगर–३ मा प्रेसरकुकर भित्र इटाँका टुक्रा भरेर शंकास्पद वस्तु जस्तो बनाएर राख्ने दुईजना पक्राउ परेका छन्।
घरेलु तथा साना उद्योग कार्यालयको छेउमा कुकरलाई कालो टेपले बाँधेर राख्ने इलाम माङ्सेबुङ-१ गजुरमुखी घर भई हाल काठमाण्डौं बस्दै आएका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक १ का ३० वर्षीय विपिन अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउँदै आएको गुनासो थियो। अझै आतङ्कित बनाउन उनीहरुले नै शंकास्पद वस्तु राखेको मोरङ प्रहरीका उपरीक्षक दिपक पोखरेलले जानकारी दिए।




















