मोरङको सुन्दरहरैंचामा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।

सुन्दरहरैंचा नगरपालिका-६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी हुन्।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।