पाँचथरको फिदिम नगरपालिका-४ टोर्केडाँडास्थित सडकमा प्र.१-०१-००२ प ०२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक मोरङ जहदा गाउँपालिका-२ बस्ने ३० वर्षीय विक्रम कुमार राजवंशीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।