प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छ।
प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए। उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएका थिए। तर सभामुखले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु वेलमा आएर नाराबाजी गरेका हुन्।




















