काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा जाने मन्त्रीहरुको टुंगो लागेको छ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएको बताइएको छ।
गत असार १७ गते बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ। जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले अहिले शपथ लिँदैछन्।




















