बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन्। फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी काठमाडौँ आइपुगेका हुन्।
शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।
मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ। चलचित्र टोलीका अनुसार निर्देशक भाम र नवाजुद्दीनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो।




















