प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ। शुक्रवार उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो।
उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।




















