अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गरेका छन्। दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा सर्जन डा. रूपक घिमिरे मार्फत निखिलले नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन्। आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा उनले कपाल रोपेका हुन्।
फिल्मको छायाङ्कनमा जादाँ लाइट, क्म्यामेराको किरणसँगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवाँ, धुलो, घाम, पसिना आदीका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले बताए। ‘डा. घिमिरेसँग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन् आवरणमा अनुभवी सर्जन डाक्टरहरूसँगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफू हेयर ट्रान्सप्लान्ट गर्न लागेको हो।’
हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिनापछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन्। निखिल भन्छन्– ‘नयाँ कपालसहित नयाँ फिल्म लिएर आउने छु।’




















