मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले मङ्गलवार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो।
उनी गत असोज ६ गते पक्राउ परेका थिए।




















