सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ।
बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।




















