बौद्धिक अपाङ्गता अभिभावक महासङ्घ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई सबै हकहरु प्रदान गर्नुपर्ने बताएका छन्।
बुधवार बौद्धिक अपाङ्गता अभिभावक महासङ्घ नेपालले आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई उपभोग गर्नका लागि उनीहरू भित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई सबै हकहरु प्रदान गर्नुपर्छ। यसमा हामीले अपाङ्गता भएका व्यक्तिहरूलाई उपभोग गर्नका लागि उनीहरूभित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक छ। व्यक्तिहरुभित्र भएको सिप, क्षमताको आधारमा रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ।’
साथै, उनले पहिचानको कुरामा विशेष ध्यान दिनुपर्ने बताए। उनले अहिले हाम्रो समाजमा अङ्ग विहीन भएका मान्छेलाई मात्र अपाङ्गता भन्ने भाष्य रहेकाले माथिदेखि तलसम्म हातखुट्टा सबै ठिक जस्तो देखिने व्यक्ति अपाङ्ग होइन भन्ने खालको सोच हटाउन आवश्यक रहेको बताए।




















