उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल महिला सङ्घको संस्थापक अध्यक्ष तथा महिला नेत्री स्व। मङ्गला देवी सिंहको शालीकमा माल्यार्पण गरेका छन्।
मङ्गलवार काठमाडौँको बिजुलिबजारमा मङ्गला देवी सिंहको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा उनले शालीकमा माल्यार्पण गरेका हुन्।
माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री सिंहले अहिले प्राप्त गरेको अधिकारहरु हजारौँ महिलाहरुको योगदानबाट मात्रै सम्भव भएको बताए।
बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि मङ्गला देवीले गरेको योगदानलाई बिर्सन नहुने उनको भनाई छ।
उनले भने,‘हामीले जुन प्राप्त गरेको अधिकारहरु छन्,यी हजारौँ महिलाहरुको योगदानले गर्दा प्राप्त गर्न सकेका छौँ। उहाँलाई सम्झनुपर्दा खास गरेर उहाँ नेपाली महिलाहरुलाई स्वतन्त्रता र यो अधिकारको लागि ७५ जिल्लामा नै महिलालाई सङ्गठित गरेर बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि उहाँले गर्नुभएको योगदान हामीले बिर्सनु हुँदैन।’
साथै उनले मङ्गला देवीले महिलाहरुलाई मतदानको अधिकार दिलाउन महत्त्वपूर्ण योगदान पु¥याएको पनि बताए।




















