भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर–२ मा बुबाले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन्।
गएराति घरायसी विवादमा अछामको कमलनगर नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहारबाट नरेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन्।
हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको छ।




















