पौष १२ गते राति बेलबारी-६ बनौलमा गोबिन्दा ऋषिदेवको घरमा आगलागी भएको थियो।
परिवार सुतिरहेको अवस्थामा एक्कासि घरको धुरीबाट आगो बलिरहेको थियो र हार गुहार गरिरहेका थिए। बेलबारीको वारुण यन्त्रले आगो नियन्त्रणमा लिए पनि घर भित्रको केही बाँकी रहेन सबै खरानी भयो। उक्त आगलागी पीडित ऋषिदेवको परिवारलाई बेलबारी नगरपालिकाले आकस्मिक राहत उपलब्ध गराएको छ।
बेलबारी नगरपालिकाका नगर-प्रमुख दिल प्रसाद राई, उप-प्रमुख नितु थापा कोइराला, बेलबारी वडा नं.६ का वडाध्यक्ष टेक बहादुर राई, बेलबारी वडा नं. ६ का वडा सदस्य राजेन्द्र खवास लगायतको सामूहिक रूपमा बेलबारी नगरपालिकाबाट खाद्यान्न सामग्री, पकाउने सामाग्री, बासका लागि त्रिपाल, सिरक, डस्ना, झुल, सिरानी वितरण गरिएको छ।





















