उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन्।
शुक्रवार बैंक तथा वित्तीय परिसंघ नेपाल ९सिबिफिन० को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था देखिएको बताएका हुन्।
उनले भने,‘हिजोको चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी छ। यो भन्दा निधार खुम्च्याउनुपर्ने अरू कुरा छैन। यो साँचो कुरा हो। जबसम्म व्यक्तिले लाभ उठाउँदैन तबसम्म वित्तीय क्षेत्रमा पनि सुधार आउँदैन। जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने र यसको समाधानका लागि नीतिगत कुराको सुधारमा सरकार लागिरहेको छ।
मन्त्री भण्डारीले आजको दिनमा बैङ्कहरूमा लगानीयोग्य रकम थुप्रिएको भन्दै बैङ्कहरूले लगानी गर्न किन सकिरहेका छैनन् भन्दै प्रश्न गरे।
सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाऊँ भन्नेमा निजी र वित्तीय क्षेत्र रहेको पनि उनको आरोप छ।
उनले भने,‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाऊँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन्। हामी सम्भावनालाई छोड्दै गइरहेका छौँ।’
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले राज्यले थाहा नपाएको र गर्न नसक्ने केही नभए पनि अहिले समस्या नै समस्या रहेको भन्दै समाधान चाहिँ कसले गर्ने हो भन्दै गरे।
उनले भने,‘भनिन्छ राज्यले थाहा नपाएको र गर्न नसक्ने केही छैन। तर अहिले समस्या नै समस्या छ। समाधान कसले गर्ने हो ? अहिले उद्योग व्यापारको विकास र कृषिको विकास बिना न देशको विकास सम्भव छ न त अर्थतन्त्रको विकास हुन्छ भनेको छ।’




















