चीनमा बुधबार अर्को भूकम्प गएको छ। चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले देशको उत्तर-पश्चिमी भूभागस्थित चिङ्घाइमा उक्त भूकम्प गएको पुष्टि गरेको छ।
तर उक्त भूकम्पबाट भएको क्षतिबारे केही पनि खुलेको छैन। मंगलबार तिब्बतको सिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ। यो भूकम्पमा १८८ जनाघा इते भएका छन्। भूकम्पका कारण सयौँ घर भत्किएका छन्।




















