जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्। कुमारी सहकारी संस्थाको झन्डै एक अर्ब ठगी गरेको आरोपमा थापालाई म्याग्दी प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए।
जिल्ला समन्वय समितिमा निर्वाचित थापा नेकपा (एमाले) का नेता हुन् ।




















