डाइनामिक पब्लिक लाइब्रेरी (DPL) दमकद्वारा आयोजित कार्यक्रममा इतिहास खोजकर्ता तथा लेखक दीपेन्द्र तिम्सिनाबाट इतिहासका रोचक र ज्ञानवर्दक कुराहरू सिक्ने अवसर प्राप्त भयो।
कार्यक्रमको अध्यक्षता हाम्रो संस्थाका अध्यक्ष अश्विन तिम्सिनाले गर्नुभएको थियो भने महासचिव पर्वत बस्नेतले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।
उक्त कार्यक्रममा डिपीएल नेपालका वरिष्ठ उपाध्यक्ष दिवस खतिवडा, महासचिव गुणराज गिरी, निर्देशक सञ्जीव पाठक, कमल शाखाबाट शम्भु निरौला,टिन्सकी अध्यक्ष दीक्षा प्रसाईं लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्तिममा अध्यक्ष तिम्सिनाले लेखक दीपेन्द्र तिम्सिनालाई ढाका टोपी र मायाको चिनो स्वरूप एक पुस्तक प्रदान गरी सम्मान गर्नुभएको थियो। साथै, लेखक तिम्सिनाले समेत आफ्नो कृति तिम्सिनाको इतिहास अध्यक्ष तिम्सिनालाई हस्तान्तरण गर्नुभएको थियो।अध्यक्ष तिम्सिनाले सम्पूर्ण उपस्थित महानुभावहरूलाई उपस्थितिका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्दै, आजको कार्यक्रमबाट आफू मात्र नभई आफ्नो सम्पूर्ण टोलीले पनि धेरै ज्ञान हासिल गरेको बताउनुभयो। इतिहास सम्बन्धी पुस्तक लेख्ने क्रममा लेखक तिम्सिनाले भोगेका आलोचनाहरूलाई कसरी सामना गर्न सकिन्छ भन्ने कुराबाट पनि आजको अन्तरक्रियाबाट सिक्न पाएको अनुभूति उहाँले व्यक्त गर्नुभयो।
DPL Damak ले आयोजना गरेको यो सफल कार्यक्रमले हामीलाई इतिहासका महत्त्वपूर्ण पाटाहरूको ज्ञान मात्र होइन, नयाँ सोच र दृष्टिकोण पनि प्रदान गर्यो।




















