नेपाल शिक्षक महासङ्घले आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना सुरु गरेको छ।
मङ्गलवार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा महासङ्घले शिक्षाको गुणस्तर वृद्धि र शिक्षक कर्मचारीका माग सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आवश्यक रहेको भन्दै धर्ना सुरु गरेका हुन्।
सरकारले पहिलो चरणको आन्दोलनबाट आफ्ना माग नसुनेको भन्दै महासङ्घले दोस्रो चरणमा राजनीतिक दलका कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरेको थियो। आज देखि ५ चैतसम्म दलका कार्यालयहरूमा धर्ना दिने महासङ्घको तालिका रहेको छ।
महासङ्घले भोली बुधवार २८ गते नेकपा एमाले, चैत १ मा नेकपा माओवादी केन्द्र, चैत २ मा नेकपा (एकीकृत समाजवादी), चैत ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ मा जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा र चैत ५ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) मा धर्ना दिँदै छन्।




















