बारा प्रहरीले लागूऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ। हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ११.६८ किलो लागूऔषध चरेस बरामद गरेको हो। 
लागूऔषध चरेस बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ स्थितबाट चरेस, मोटरसाइकल सहित मानिसलाई नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीले बताए। 
उनका अनुसार मकवानपुर थाहा नगरपालिका वडा नं. ०६ ब्रर्जबारे बस्ने वर्ष ३८ को दशरथ थिङलाई पनि नियन्त्रणमा लिइएको छ। मोटरसाइकलको सिटमुनी लुकाई छिपाई राखिएको अवस्थामा लागुऔषध चरेस बरामद गरिएको उनले जानकारी दिए।  
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्य लय बाराले जनाएको छ।