राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएका छन्।
राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी सङ्घ–सङ्गठनले गणतन्त्र दिवसका दिन दिउँसो २ बजेपछि रत्नपार्कको शान्ति बाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन्।
राजावादी समूहले राजसंस्था र हिन्द राष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।
रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने र आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित हुन भनिएको बताइएको छ।