प्रधानाध्यापक सङ्घ नेपाल –पीएएन मधेस प्रदेश समितिको अधिवेशन जनकपुरधाममा हुने भएको छ।
पीएएन मधेस प्रदेश समितिका अध्यक्षसमेत रहेका यज्ञबल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकुप) का प्रधानाध्यापक सञ्जय झाले यही जेठ १७ गते प्रदेश अधिवेशन हुने जानकारी दिए। 
सो अधिवेशनमा हरेक जिल्लाबाट २५ जना प्रतिनिधि गरी २५० जना सहभागी रहने उनले जानकारी दिए। अधिवेशनमा सामुदायिक विद्यालयसँग सम्बद्ध रहेका व्यक्तित्वहरूलाई सम्मानित गरिने समेत बताए।
विद्यालयका कार्यालय सहयोगीदेखि विद्यालयका कर्मचारी, विभिन्न तहका शिक्षक, प्रधानाध्यापकहरूलाई सम्मानित गरिने उनले जानकारी दिए।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारी तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरूलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
अधिवेशनमा मुख्यमन्त्री सतीशकुमार सिंह, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीलगायतको उपस्थिति रहने उनले बताए।