सुनसरीको वराहक्षेत्रमा जङ्गली हात्ती मृत भेटिएको छ। आज बिहान वराहक्षेत्र नगरपालिका–२, स्थित कौशिकी सामुदायिक वन नजिकैको मकै बारीमा हात्ती मृत भेटिएको हो।
नगरपालिकाका नगर प्रमुख रमेश कार्कीका अनुसार, स्थानीयले हात्ती मृत भेटिएको खबर गरेका थिए। उनले अन्दाजी पाँचदेखि सात वर्ष उमेरको भाले हात्ती रहेको बताए।
हात्तीको मृत्युको कारण खुलेको छैन। जिल्ला वन कार्यालय सुनसरी, कोसी टप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए।

















