आज बेलबारी नगरपालिका–११ स्थित शान्ति बाल क्लबको आयोजनामा क्षेत्रीय स्तरीय हाजिरजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको छ।कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिका–११ का वडा सदस्य तारा सुन्दासज्यूको प्रमुख आतिथ्यतामा गरिएको थियो।
प्रतियोगितामा मोरङ ज्ञानोदय, महेन्द्र मा.वि, सिद्धार्थ मेमोरियल, एरिना डान्स सेन्टर, लक्ष्मी डान्स सेन्टर र लक्ष्मी उच्च मा.वि. सहित ६ वटा संस्थाहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धी सबैलाई पछाडि पार्दै सिद्धार्थ मेमोरियल सेकेन्डरी स्कुलले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो, त्यसैगरी, महेन्द्र मा.विले द्वितीय र मोरङ ज्ञानोदय सेकेन्डरी अङ्ग्रेजी स्कुलले तृतीय स्थान हासिल गरेको थियो।
विजेता विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो भने, कार्यक्रममा सहभागी सबै विद्यार्थीहरूलाई पनि प्रमाणपत्र प्रदान गरी प्रोत्साहित गरिएको आयोजक, शान्ति बाल क्लबका अध्यक्ष प्रमोश पोख्रेलले जानकारी दिनुभयो।